Logo

सदन अवरोध गर्नु हाम्रो रहर हैन बाध्यता हो: एमाले सांसद थापा



काठमाडौं,२२ साउन । नेकपा एमालेकी सांसद दिलकुमारी थापा रावल पार्वतीले पटक पटक सदन अवरोध गर्नु आफ्नो दलको रहर नभएको बताएकी छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै रावलले साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिर आएको एक क्विन्टल सुन बरामद प्रकरणमा सत्यतथ्य छानविन गर्न उच्चस्तरीय छानविन समितिको विकल्प नभएको बताईन ।

रावलले सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङले २०७४ सालमा काभ्रे जिल्लाबाट नेपाली नागरिकता लिएकोप्रति आपत्ति जनाउँदै उनलाई नागरिकता दिने तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि र समर्थन गर्ने माओवादी केन्द्रसमेतलाई कारबाही गर्न माग गरिन् ।

उनले ९ किलो सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहलु महरामाथि तत्काल छानविन गर्न माग गर्दै उच्चस्तरीय छानविन समिति अनिवार्य भएको बताईन् ।



प्रतिक्रिया दिनुहोस्