काठमाडौं,२२ साउन । राष्ट्रिय सभाको बैठक स्थगित् भएको छ । सोमबार बसेको बैठकमा नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेपछि बैठक २४ गते दिउँसो १ बजेर १ मिनेटसम्मका लागि स्थगित भएको छ ।
आजको बैठकमा गत साउन २ गते बरामद भएको एक सय किलो सुन प्रकरणमा छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै बैठक अवरोध गरेको थियो ।
एमालेको अवरोधका कारण संघीय संसदका दुबै सदनका बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ ।