Logo

सुजातालाई सांसद तामाङको सहयोग



काठमाडौं, २२ श्रावण । सांसद कृष्णकुमार तामाङ (समीर) ले मेलम्ची नगरपालिका–११ मेलम्ची बजारनिवासी सुजाता दुलाललाई सान इन्टरनेशनल कलेज हाडीगाउँमा भर्ना गरेर उच्च माध्यमिक तहसम्मको अध्ययनका लागि व्यवस्थापन गरेका छन्।

सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद तथा नेपाली काँग्रेस बागमती प्रदेश सभा संसदीय दलका सचिव सांसद तामाङले छात्रा दुलाललाई गत शुक्रवार त्यस्तो व्यवस्थापन गरिदिएका हुन्।

विसं २०८० वैशाख नौँ गते बिग्रँदो आर्थिक अवस्थाका कारण स्वेच्छाले मृत्यु भएका गुरुप्रसाद दुलालकी छोरी सुजातालाई एसईई परीक्षा उत्तीर्ण भएपछि उच्च माध्यमिक तहसम्मको अध्ययनका लागि सम्पूर्ण व्यवस्थापन आफूले गर्ने वचन सांसद तामाङले दिएका थिए। उनले त्यतिबेला गरेको वचनबद्धता पालन गर्दै दुलाललाई कलेजमा लगेर भर्ना गरिदिएका हुन्। यस कार्यमा काँग्रेस युवा नेता कुमार दुलालले सहजीकरण गरिदिएका थिए।

उक्त कलेजमा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेस मेलम्ची नगरपालिका एकाइका पूर्व सभापति मधुसूदन सिग्देल, नेपाली काँग्रेस मेलम्ची–११ का सभापति कुमार दुलाल, सो कलेजका प्रशासन विभागका प्रमुख र कलेज परिवारको उपस्थितिमा सोही दिन कलेज पुगी सांसद तामाङले छात्रा सुजाताका लागि आगामी दुई वर्षसम्म अध्ययन गर्न लाग्ने कलेजको स्टेशनरी फी, ड्रेस फीलगायत सम्पूर्ण खर्च आफूले ब्यहोर्ने गरी कलेज प्रशासनलाई र स्टेशनरी सामग्री तथा ड्रेस छात्रा सुजातालाई हस्तान्तरण गरेका छन्।



प्रतिक्रिया दिनुहोस्