Logo

मिनबहादुर गुरुङको नियत हेरेर निर्णयमा पुग्नुपर्छ, किनेकै आधारमा कोही दोषी हुँदैनः चन्द्र भण्डारी



काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मिन बहादुर गुरुङको नियत हेरेर राज्यले निर्णय लिनुपर्ने बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जग्गा किन्ने क्रममा गुरुङ झुक्किएको पनि हुनसक्ने बताए ।

‘मिनबहादुरजी अत्यन्त साहसिलो मान्छे । जसले भाटभटेनीजस्ता संस्थाहरु बनाउँछ, १०औं हजार मान्छेहरुलाई रोजगारी दिएको छ । ठूलो ट्याक्स तिर्नुभएको छ । यदि उहाँ झुक्किएर किनेको हो कि उहाँको नियत नै त्यही हो यो पनि हेर्नुपर्यो । यदि नियत नै त्यही हो, राज्यलाई ठग्ने हो भने एउटा एङ्गलले हेरौं । होईन भने किन्ने मान्छे दोषी हुन्छन् भन्ने कुरा हुँदैन । नियत हेरेर गर्नुपर्छ,’– उनले भने ।

मिन बहादुर गुरुङले १०औं हजार मानिसहरुलाई रोजगारी दिइरहेको र नेपाल बाहिर पैसा लगेर पनि नराखेको उनको दाबी छ । न्याय प्रक्रियालाई व्यवहारिक रुपले पनि हेर्न आवश्यक रहेको उनको भनाई छ ।

नेपालको भ्रष्टाचार अन्त्य गर्नका लागि मुलुक बेच्ने र मुलुकबाट पैसा बाहिर लैजानेहरुलाई पहिलो आधारमा मानेर कारबाही सुरु गर्नुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्