Logo

सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा सिआइबीका थापाको टाउकोमा



काठमाडौं, २२ श्रावण । एक क्विन्टल सुन प्रकरणमा अनुसन्धान गर्ने जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पाएका छन्।

राजस्व अनुसन्धान विभागले हिजो(आइतबार) मात्रै सो प्रकरणमा अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई बुझाएको थियो।

प्रहरीले अनुसन्धान गर्न सो फाइल सिआइबीलाई दिएको थियो। सिआइबीले प्रहरी उपरीक्षक थापाको नेतृत्वमा अनुसन्धान अगाडि बढाउने जिम्मेवारी दिएको छ।

सो प्रकरणमा हालसम्म १८ जनालाई पक्राउ गरिएको छ।



प्रतिक्रिया दिनुहोस्