Logo

मन्त्री बन्न छुटेका जोशी शिक्षा समितिको सभापति बन्ने



काठमाडौं,२२ साउन । सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच संसदीय समतिको नेतृत्व चयनमा भागबन्डा टुंगिएको छ ।

दलहरुबीच भएको सहमति अनुसार संसद्मा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ४ समितिको नेतृत्व पाउने भएको छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक लेखासहित ३ समितिको नेतृत्व पाउँदा सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले २ तथा जसपा, जनमत, र नेकपा एसले समान एक-एक समितिको नेतृत्व पाउन सहमति भएको छ ।

प्रतिनिधि सभामा १० सांसद रहेको नेकपा एसले भने आफुले पाएको शिक्षा समितिमा सांसद भानुभक्त जोशीलाई पठाउने नेकपा एसका एक नेताले जानकारी दिए । प्रतिनिध सभा निर्वाचनमा बझाङबाट निर्वाचित जोशी मन्त्रीका दाबेदारसमेत हुन् । मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्री बन्न निक्कै कोशिस गरेपनि सफल नभएका जोशीले अन्तत: राज्यमन्त्री सरहको सेवा सूविधा प्राप्त हुने संसदीय समितिको नेतृत्व गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्