Logo

आक्रोशित हुँदै रविले लेखे: ‘संसद चल्दैन,बार्गेनिङ चल्छ,मात्र बार्गेनिङ’



काठमाडौं,२२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो । ४ बजेका लागि सारिएको बैठक पनि दलहरुबीच कुरा नमिलेपछि भोसिम्म स्थगित भएको छ । यसै सन्दर्भमा रास्वपा सभापति लामिछानेले आक्रोश पोखेका हुन् ।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेने आक्रोशित हुँदै सामाजिक सञ्जालमा लेखेका छन् ‘वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दुःखद’। 



प्रतिक्रिया दिनुहोस्