काठमाडौं, २२ श्रावण । सभामुख देवराज घिमिरेले संसद अवरोध हुँदा जनताको आवाज रोकिएको बताएका छन्।
सोमबार नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख घिमिरेले संसद अवरोध हुँदा जनताको आवाज रोकिएको बताएका हुन्।
उनले भने, ‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ। सहमतिको विकल्प छैन। संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन्। माननीयहरुले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन। मैले अधितकम रुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु।’