काठमाडौं, २२ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोध अन्त्यको समाधानका लागि लचिलो तरिकाले लागी राखेको बताएका छन्।
सोमबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सदन अवरोध अन्त्यको समाधानका लागि लचिलो तरिकाले लागी राखेको बताएका हुन्।
‘कुरो मिलिसकेको चाहीँ छैन। सदन चलाउनुपर्छ, कुनै हालतमा रोकिनुहुँदैन भनेर सत्तापक्ष र प्रतिपक्षीले भनिराखेकै स्थिति छ। तरपनि कुरा मिलिसकेको छैन। अहिले कहाँ मिलेको छैन भनेर अहिले भन्दा झन् गाह्रो हुन्छ,’ उनले भने,‘म चाहीँ यो समस्याको समाधान होस् भनेर लचिलो तरिकाले लागिराखेको छु। मैले भोलि साढे १० बजे पुनः बालुवाटारमा यही बैठक बोलाएको छु। भोलि एउटा टुंगोमा पुग्ने कोसिस सरकारको छ।’