Logo

लोकबहादुर थापा संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि नियुक्त



काठमाडौं,२२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग,न्युयोर्कका लागि नेपालको राजदूत र स्थायी प्रतिनिधि पदमा नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालको राजदूत रस्थायी प्रतिनिधि पदमा नियुक्त गरेका हुन् ।

त्यस्तै पौडेलले गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत दान बहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि, जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णु पुकार श्रेष्ठलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि र संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत निर्मल राज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्