Logo

काठमाडौं महानगरभित्रका व्यापारिक भवनहरूलाई सेवाग्राहीसँग पार्किङ शुल्क लिन पाउने अल्पकालीन अन्तरिम आदेश



काठमाडौं, २२ श्रावण । उच्च अदालत पाटनले काठमाडौं महानगरभित्रका व्यापारिक भवनहरूलाई सेवाग्राहीसँग पार्किङ शुल्क लिन पाउने अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश राजेन्द्र खरेलको एकल इजलाशले काठमाडौं महानगरभित्रका व्यापारिक भवनहरूलाई सेवाग्राहीसँग पार्किङ शुल्क लिन पाउने अल्पकालीन अन्तरिम आदेश दिएको हो।

काठमाडौं महानगरले साउन १० गते व्यापारिक कम्प्लेक्सहरूलाई सेवाग्राहीसँग पार्किङ शुल्क नमाग्न सूचना जारी गरेको थियो। महानगरको सो निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्