काठमाडौं, २३ श्रावण । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । केशब बहादुर क्षेत्री नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा नेविसंघको तदर्थ कार्यसमितिमा ७१० जनालाई मनोनित गरेका छन् । केन्द्रीय सदस्यमा मनोनित क्षेत्री बैतडीका स्थायीवासी हुन् । उनले कृषि क्षेत्रको अध्ययन गरेका छन् ।
विद्यार्थी राजनीतिसँगै क्षेत्री समाजसेवामा पनि सक्रिय छन् । उनीसँग यस अगाडि कृषि क्षेत्रमा विभिन्न संघसंस्था र दशरथचन्द नगरपालिकामा काम गरेको अनुभव छ ।