Logo

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन



काठमाडौं, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।

आज (मंगलबार) बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक कुवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले उद्दार, राहत र पुनर्स्थापनाका लागि सक्रिय रहन निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस्