काठमाडौं,२३ साउन । सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको छलफलपछि सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका हुन् । नेताहरुका अनुसार दिउँसो २ बजे बस्ने उक्त बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनको विषयमा छलफल हुनेछ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको थियो । हाल सो सुन बरामदको घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ । नेकपा एमालेले यहि प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ । भने सरकारले अस्वीकार गरेको छ ।
उक्त प्रकरणलाई लिएर १० साउनदेखि संसद अवरोध गरेको एमाले मंगलबार भने संसदमा गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छ । प्रतिनिधिसभाको बैठक मंगलबार ३ बजेका लागि बोलाइएको छ ।