काठमाडौं,२३ साउन । प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।
अहिले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सबै दलका सचेतकहरूसँग बैठकलाई प्रभावकारी सञ्चालनका लागि विभिन्न विषयमा छलफल जारी राखेका छन् ।
बालुवाटारमा भएको सभामुखसहित तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने र गृहमन्त्रीले आफ्नो प्रष्टीकरण दिने सहमति भइसकेको छ ।
प्रतिनिधिसभाको बैठक ३ बजे बोलाइएको छ । आजको बैठकमा सबैले आफ्नो धारणा राखेपछि गृहमन्त्रीले सुन तस्करी प्रकरणमा स्पष्टीकरण दिने तयारी छ ।
सुन प्रकरणमा उस्चस्तरीय छानबिन समिति गठनको माग राख्दै एमालेले सदन अवरुद्ध पार्दै आएको थियो ।