Logo

संसद्मा विश्वप्रकाशको प्रश्न: यो सदन प्रतिपक्षको मात्रै भए सत्तापक्षको सदन चाहिँ रत्नपार्क हो ?



काठमाडौं,२३ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकश शर्माले स-साना कुरामा पनि प्रतिपक्षीले संसद् अवरोध गरेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ५७-५८ सालदेखि सदन अवरोध गरेको भन्दै अब यसरी देश नचल्ने बताए ।

शर्माले सरकार सत्तापक्षको सदन प्रतिपक्षको भन्ने लोकतान्त्रिक पद्धति भएपनि प्रतिपक्षले लोकतान्त्रिक मान्यतालाई लत्याएको आरोप लगाए । उनले सत्तापक्षलाई सदनमा आफ्नो कुरा राख्ने मौकासमेत नदिएको भन्दै आपत्ति जनाउँदै प्रतिपक्षीको मात्रै सदन हो भने सत्तापक्षको सदन चाँहि रत्नपार्क हो भन्दै प्रश्न गरे ।

उनले भने, ‘गृहमन्त्रीले यहाँ उभिएर जवाफ दिनुपर्छ भनेर भन्ने कुराको लागि पनि संसदको प्रांगणमा उभिएर भन्नुपर्छ । भनियो संसद प्रतिपक्षको भनेर । प्रतिपक्षको आवाजलाई सुन्नुपर्छ कदर गर्नुपर्छ । प्रतिपक्षले उठाएको प्रश्नलाई राज्यले गम्भिरतापूर्वक लिनुपर्छ । तर, सत्तापक्षका सांसदले बोल्ने थलो चाहिँ रत्नपार्क हो ?’



प्रतिक्रिया दिनुहोस्