Logo

‘३३ किलो सुन प्रकरणमा छानविन आयोग त छोड्नुस् एक तोला पनि भेटिएन’



काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले एक सय किलो अवैध सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिनुमा सरकारको कमजोरी भएको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको एउटा हातले गरेको कमजोरीलाई सिनामंगलमा राजश्व अनुसन्धानले सच्याएको बताए ।

छानविन आयोगको विषयमा प्रतिपक्षले उठाएको विषयमा आफूहरु छलफलमै रहेको उनले बताए । उक्त प्रकरणमा एक सय किलो सुन भेटिएको स्मरण गराउँदै उनले ३३ किलो सुनको प्रकरणमा एक तोलासमेत सुन नभेटिएको बताए ।

‘सय किलो सुन त भेटियो । ३३ किलो सुनको छानविन आयोग त छोड्नुस्, सुनको एउटा तोला नभेटिइकन ३३ किलो सुनको फाईल बन्द भएको छ,’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्