Logo

यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण तीन निर्णयहरु…



काठमाडौं, २३ साउन । साईबर सुरक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले साईबर सुरक्षा नीतिलाई स्वीकृत गरेको हो ।

त्यसैगरी अर्थ मन्त्रालयको प्रस्तावमा पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

‘साईबर सुरक्षा नीति क्याविनेटबाट स्वीकृत भएको छ । बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक पनि स्वीकृत भएको छ,’– सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।



प्रतिक्रिया दिनुहोस्