Logo

सहयात्री समाज नेपाल धादिङको आयोजनामा लैङ्गिक हिंसाका घटना बिश्लेषण कार्यक्रम सम्पन्न



काठमाडौं,२४ साउन । सहयात्री समाज नेपाल धादिङ शाखाको आयोजनामा लैङ्गिक हिंसाका घटना बिश्लेषण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार पत्रकार महासंघको हलमा भएको कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक राधिका सापकोटाले लैङिगक हिंसाका घटनाहरुको बिश्लेषण सम्बन्धी सामाग्री प्रस्तुत गरेकी थिईन् । सापकोटाले सहयात्री समाज नेपालमा आर्थिक वर्ष २०७९÷८० मा ११ वटा यौन जन्य हिंसाका घट्ना दर्ता भएका तथ्यांक सार्वजनिक गरेकी थिईन् ।

जसअन्तर्गत शारीरिक कुटपिटको ८ वटा, गाली गलौज दुव्र्यवहारको ७ ,मनोसामाजिक सहयोग ६ वटा घट्ना दर्ता भएको बताईएको छ । गत आ।व।मा सहयात्री समाजले संचालन गरेको सेफ हाउसमा ३१ जनाले सेवा लिएका थिए । जसमध्ये १० जना बालबालिकाले निशुल्क रुपमा नीलकण्ठ माध्यामिक विद्यालय र एड्भान्स एकेडेमीमा अध्ययन गरिरहेका छन् । त्यस्तै सहयात्री समाजले प्रहरीसँगको समन्वयमा मानव वेचविखन घट्नाको एक जना प्रभावितलाई उद्धार गर्न समेत सफल भएको थियोे ।

सहयात्री समाज नेपाल धादिङको अध्यक्ष गिता खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रम्रुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको प्रमुख आतिथ्यता रहेको थियो । सहयात्री समाज नेपालले जिल्लामा महिलाहरु माथी भएको हिंसा, बिभेद,र शोषणका बिरुद्ध परिवर्तन, र बिकास तथा सशक्तिकरणकाका लागी काम गर्दे आएको छ ।

गत एक आर्थिक वर्षमा सहयात्री समाजकै पहलमा २३ जना हिंसा प्रभावितहरुको परिवारमा पुर्नमिलन, ७ जना प्रभावितहरु पहिलेको अवस्थाबाट बाहिर निस्किएर एक्लै काम गरि जिविकोपार्जन गरिरहेको, २ जना प्रभावितको नागरिकता र विवाह दर्ता बनेको, एकजनाले अंश प्राप्त गर्न सफल भएको र सेफ हाउसबाट २ जना छात्राहरुले एसइइ पास गर्न सफल भएका छन् ।



प्रतिक्रिया दिनुहोस्