Logo

जंगली च्याउ खाँदा मकवानपुरमा ६ जना गम्भीर बिरामी



काठमाडौं,२४ साउन । जंगली च्याउ खाँदा मकवानपुरमा एकै गाउँका ६ जना बिरामी परेका छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका २ औंडारमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका ३ सहित ६ जना गम्भीर बिरामी परेका हुन् ।
च्याउ पकाएर खाँदा स्थानीय २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेका हुन् ।

च्याउ खाएपछि वान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई राक्सिराङकै सरिखेत स्वाथ्य चौकीमा उपचार गरिएको थियो।

उक्त स्वास्थ्य चौकीमा उपचार उपचार सम्भव नभएपछि भरतपुर अस्पताल पठाइएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्