काठमाडौं,२४ साउन । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन बरामद प्रकरणमा सम्बन्धित मन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुृपर्ने बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकार्की गर्दै शर्माले सुन प्रकरणलाई टुंगोमा पुरर्याउन एक शक्तिशाली छानविन समिति वा संसदीय समिति बनाउनुपर्ने बताउ । उनले नेपाली कांग्रेसभित्र सुन प्रकरणलाई टुंगोमा पुर्याउन सबैजना एकमत भएपनि छानविन समिति बनाउन माओवादी केन्द्र तयार नभएको बताए ।
उनले भने ‘यत्रो सुन काण्ड भएको छ । सम्बन्धित मन्त्रीले राजीनामा गरेर सरक्क बाटो सहज गर्नुको सट्टा संसद अवरोधको बाटोमा लैजाने जिम्मा त सरकारले पनि लिनुप¥यो नि । दुई जनाले सरक्क राजीनामा गर्ने, अनुसन्धानको बाटोलाई सहज बनाइदिने, शक्तिशाली संयन्त्र गठन गर्ने, अथवा हाम्रो सचेतकले नयाँ सजेशन दिनुभएको छ नी, संसदीय समितिको राज्य व्यवस्था समितिलाई जिम्मा दिने । त्यो त मिनि पाल्र्यामेण्ट हो नि । त्यहाँ फुल अथोरिटीसहित त्यसलाई जिम्मा दिँदा के बिग्रियो । तर अहिले माओवादीका साथीहरु मानिरहनुभएको छैन जस्तो देखिन्छ हेर्दा । उहाँहरुले ढिलो चाँडो मान्नुपर्छ । यो पक्ष, विपक्षको होइन, देशका नागरिकको कुरा हो । सरकारकै संयन्त्रबाट सुन बाहिरियो अनि म आफैँ अनुसन्धान गर्छु भनेर कसैले पत्याउँदैन नि । यो राज्यको संयन्त्रको दुरुपयोग गरेर सुन तस्करी भएको हो, त्यसैले सिआईबी, राजश्व अनुसन्धानलाई पनि हेर्ने अर्को संयन्त्र आवश्यक छ ।’
सांसद शर्माले यसअघि पनि सदनमा उक्त प्रकरणलाई टुंगोमा पुर्याउन माग गर्दै आईरहेका छन् । सत्यतथ्य पत्ता लगाउन सरकार तयार नभए संसद्मा अनसन बस्ने समेत शर्माले चेतावनी दिईसकेका छन् । शर्माले यसअघि नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री शर्माकै दल नेपाली कांग्रेसबाट डा.प्रकाशशरण महत रहेका छन् भने गृहमन्त्री माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ छन् ।