Logo

सुन प्रकरणलाई निस्कर्षमा पुर्‍याउन प्रधानमन्त्री दृढ हुनुहुन्छ : माओवादी केन्द्र



काठमाडौं, २४ श्रावण । नेकपा (माओवादी केन्द्र)ले एक क्विन्टल सुन प्रकरणलाई निस्कर्षमा पुर्‍याउन प्रधानमन्त्री दृढ रहेको बताएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय काठमाडौं पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्नि सापकोटाले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘सुन प्रकरणलाई निस्कर्षमा पुर्‍याउने कुरामा प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ। उहाँ दृढ हुनुहुन्छ। निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने छ। कसरी तथ्यद्वारा सत्य पत्ता लगाउने कुरामा के गर्दा ठिक हुन्छ भनेर प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राजश्व अनुसन्धानले सीआईबीलाई दियो। त्यो चाहीँ ठिक ढंगले अनुसन्धान होस्।’



प्रतिक्रिया दिनुहोस्