Logo

प्रधानमन्त्री प्रचण्डको भ्रमणको बन्दोबस्ती मिलाउन देव गुरुङ चीन प्रस्थान



काठमाडौं,२५ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन प्रस्थान गरेका छन्। बिहीबार तिब्बत एयरलाइन्सको विमानबाट गुरुङ चीन गएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अर्को महिना हुने चीन भ्रमणको बन्दोबस्ती गर्न उनी त्यसतर्फ गएको माओवादी निकट स्रोतले जनाएको छ ।

सेप्टेम्बरको तेस्रो साता प्रधानमन्त्री दाहालले चीन भ्रमणमा जाने तयारी गरिरहेका छन् । तर प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कसमेत जाने कार्यक्रम रहेको छ । सोही बेला चीन भ्रमणसमेत परेकाले व्यवस्थापनको चाँजोपाँजो मिलाउन महासचिव गुरुङ चीन गएको स्रोतको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्