Logo

नारायणकाजी श्रेष्ठ नेपालको इतिहासमा ‘वान अफ द बेस्ट’ गृहमन्त्री होः जितेन्द्रनारायण देव



काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रतिपक्षी दलले अनावश्यक बखेडा झिकेर सदन अवरुद्ध गरिरहँदा दिनप्रतिदिन आफै कमजोर बन्दै गएको दाबी गरेका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद देवले सत्तापक्षकै कतिपय व्यक्ति पनि गृहमन्त्री र अर्थमन्त्रीविरुद्ध आक्रमणमा उत्रिएको बताए । उनले कांग्रेसकै सांसद सुनिल शर्मा पनि पक्राउ परेको सन्दर्भ कोट्याउँदै सीआइबीले गर्ने अनुसन्धान निष्पक्ष हुने दाबी गरे ।

सांसद देवले नारायणकाजी श्रेष्ठलाई सबैभन्दा उत्कृष्ट र सफल गृहमन्त्रीको संज्ञा दिँदै संगठित अपराधविरुद्धका लडाइँ रोकिन नहुने बताए ।

उनले भने, ‘धन्यवाद छ नारायणकाजी श्रेष्ठलाई, उहाँ नेपालको इतिहासमा ‘वान अफ द बेस्ट’ गृहमन्त्री हो । उहाँ सफल गृहमन्त्री हो । सफल गृहमन्त्री र सफल अर्थमन्त्रीविरुद्ध यत्रो आक्रमण किन ? संगठित अपराध अन्त्य गर्न गठबन्धनकै मान्छे भए पनि छाड्न हुन्न ।’



प्रतिक्रिया दिनुहोस्