काठमाडौं,२६ साउन । नेकपा एकीकृत समाजवादीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले निरन्तर सदन अवरुद्ध हुँदा जनताका आवाज दबिएको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद गैरेले सुन बरामद प्रकरणलाई लिएर प्रतिपक्षी दल एमालेले गरेको सदन अवरुद्धको कुनै अर्थ नभएको दाबी गरिन् ।
उनले ९० हजार भन्दा धेरै संखयमामा जनशक्ति रहेको सुरक्ष निकायले गरिरहेको अनुसन्धानमा शंका गर्नु जरुर नभएको बताईन् । प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानविन समिति बनाउन माग गरिरहेकोतर्फ इंगित गर्दै गैरेले जननेता मदन भण्डारीको रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको विषयमा बनाएको छानविन समितिले के नतिजा दियो? भन्दै प्रश्न गरिन् ।
उनले भनिन् ‘हामीले गरिरहेको यो कार्यप्रति भोलि जनताले प्रश्न सोध्दा उत्तर दिन सकिन्छ कि सकिँदैन ? । सुन काण्डलाई लिउर प्रतिपक्षीले अहिलेसम्म जून उच्चस्तरीय छानविन समितिको करा गरिरहेको छ’ । ‘ म स्मरण गराउन चाहान्छु समिति गठन गर्दैमा यो विषयले निकास पाउन सक्दैन इतिहासलाई हेर्नेहो भने त्यो पुरा भएको छैन । जननेता मदन भण्डारीको रहस्यमय जीप दुर्घटनाको छानविन गर्न उच्चस्तरीय समिति बनेको थियो त ? हत्या होकी दुर्घटना हो आजसम्म किन पत्ता लगाउन सकेन् उच्चस्तरीय समितिले ? जनताले आजसम्म प्रश्न गरिरहेका छन् । यो प्रश्नको उत्तर आजसम्म जनताले किन पाएनन् ’ उनले भनिन् ।