काठमाडौं,२६ साउन । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने एक क्विन्टल सुन बरामद प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार नभए सदन अवरुद्ध जारी राख्ने भएको छ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षले उच्चस्तरीय समिति बनाउने प्रतिवद्धता नजनाए आजपनि सदन अगाडि बढ्न नसक्ने जानकारी दिए ।
‘एमाले सदैव सदन चल्नुपर्छ भन्ने पक्षमा दृढ छ । सत्तापक्षले समिति गठन गर्न तयार देखिएन । उहाँहरु जनताका मुद्दामा भाग्न खोज्नु भयो’सचेतक बर्तौलाले रिर्पोटस नेपालसँग भने ।
गत साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणलाई लिएर एमालेले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । एमालेको अवरोध कै कारण राष्ट्रिय सभा बैठक साउन ३१ गतेसम्म स्थगित भएको छ ।