काठमाडौं,२६ साउन । राष्ट्रिय साइबर सुरक्षा नीति-२०८० मन्त्रिपरिषद्बाट पारित भएको छ । गत बैशाखमा नै मस्यौदा तयार भएकोमा हालसालै मात्र मन्त्रिपरिषद्ले उक्त नीति पारित गरेको हो ।
सुरक्षित साइबर स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्न, साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्न र साइबर स्पेसलाई सशक्त र सुदृण बनाउन साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान, जनशक्ति उत्पादन एवम् कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्य यो नीति अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषद्बाट पारित भएको नीतिमा इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने कार्यलाई सरकारले नियन्त्रण गर्ने उल्लेख छ । यसका लागि निरन्तर अनुमगनको व्यवस्था हुनेगरि नयाँ राष्ट्रिय साइबर सुरक्षा नीति ल्याईएको सरकारको दाबी छ ।
पारित भएको नीतिमार्फत विश्वयापी साइबर सुरक्षा सूचकांक स्कोर ४४.९९ बाट आगामी पाँच वर्षभित्र ६०, दश वर्षभित्र ७० र १५ वर्षभित्र ८० पुर्याउने लक्ष्य राखिएको छ।
यस्तो छ मन्त्रिपरिषद्बाट पारित भएको साइबर सुरक्षा नीतिको पूर्णपाठ