काठमाडौं, २६ श्रावण । स्वास्थ्यसम्बन्धी समस्याबारे मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसले ध्यानाकर्षण गराएको छ।
शुक्रबार कांग्रेस मधेस प्रदेश सूचना, संचार तथा प्रचारप्रसार विभागले मधेसका मुख्यसचिव सन्तुप्रसाद यादवको रोहबरमा मधेस प्रदेश स्वास्थ्य विभाग प्रमुख शर्मिला थापाले ध्यानाकर्षण पत्र बुझाएका हुन्
ध्यानाकर्षण पत्रमा संघीय सरकार स्वास्थ्य मन्त्रालयले बनाएको कार्यविधीअनुसार वितरण गरि रहेको जस्तै: विभिन्न दीर्घ रोगीहरूको लागि सहजीकरण गर्न बिरामीलाई मधेस प्रदेशअन्तर्गत रहेका सबै जिल्लाको रोगी पीडितलाई उपचार गर्न सम्बन्धीत अस्पतालसँग समझौता गरि सहज व्यवस्थापन मिलाउन मुख्यमन्त्रीसँग माग गरिएको छ।
मधेश प्रदेशमा मजदूरी गरेर आफ्नो जिवीका आर्जन गरीरहेका सर्वसाधारण नागरिकहरूले कडा प्रकृतिका रोगका लागि उपचार गर्न अत्यन्तै कठिनाई भईरहेको अवस्थामा मधेस प्रदेशले यस्ता प्रकारको रोगको उपचारका लागि संघीय तथा अन्य प्रदेश सरकारले व्यवस्था गरेभन्दा थप आर्थिक सुविधा उपलब्ध गराइ सहज उपचार गराउनु कानूनी व्यवस्था मिलाउनका लागि कांग्रेस मधेश प्रदेश स्वास्थ्य विभागले मुख्यमन्त्रीको
गम्भीर ध्यानाकर्षण गराएको हो।
सरकारले मिर्गौलासहित क्यान्सर, अल्जाइमर्सलगायत ८ वटा कडा रोग भएका नागरिक, जनआन्दोलनका घाइते, शहीद परिवारलाई उपचारमा सहुलियत दिने तर, प्रशासनिक झन्झटकै कारण सबै बिरामीले सरकारी सहुलियत सहज रूपमा नपाउने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।