Logo

विद्युत प्राधिकरणले देश विकासमा महत्वपूर्ण योगदान गरेको छ : उर्जामन्त्री बस्नेत



काठमाडौं, २७ श्रावण । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणले देश विकासमा महत्वपूर्ण योगदान गरेको बताएका छन्।

शनिबार विद्युत प्राधिकरण ३८औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विद्युतीय सवारीसाधनको र्‍यालीमा सहभागी हुँदै प्रतिक्रिया दिँदै उनले विद्युत प्राधिकरणले देश विकासमा महत्वपूर्ण योगदान गरेको बताएका हुन्।

उनले भने, ‘विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्वपूर्ण योगदान गरेको छ। स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोगका साथै सम्पूर्ण विद्युतीय सामग्रीको प्रचारप्रसार गर्नुपर्छ।’

उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस्