Logo

एनआरएनए प्रवक्ता सापकोटाले उपमहासचिवमा उम्मेद्‍वारी दिने



काठमाडौं, २७ श्रावण । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए अन्तर्राष्टिय समन्वय परिषद्का प्रवक्ता सोम सापकोटाले केन्द्रीय उपमहासचिव पदका लागि उम्मेदवारी दिने जानकारी गराएका छन्।

संघको स्थापना काल देखिनै सक्रिय सापकोटा संघको विभिन्न पदिय जिम्मेवारी रही नेपाल र नेपालीको हकहितका संस्थागत रुपमा क्रियाशील छन्।

हाल गैर आवासीय नेपाली संघको प्रवक्ताको रहेका सापकोटा २०२३-२०२५ का लागि उपहासचिव पदमा उम्मेदवारी दिने तयारीमा छन्।

उनले भने,‘संस्थाको सुदृढ़ीकरण, पूर्ण ब्यवस्थित साथै विश्वभरि छरिएर रहनु हुने प्रबासी नेपालीलाई एउटै छानामुनी केन्द्रित गर्दै भाईचाराको सम्बन्ध विकास गर्दै प्रवास बस्ने नेपालीको साझा संगठन निर्माणमा क्रियासिल हुने र गैर आवासीय नेपाली संघको केन्द्रीय कार्यालयबाट जे जति डेलिभरी हुनु पर्ने हो हामीले दिन सकेका छैनौं। हाम्रो सचिवालयलाई व्यवस्थित, मर्यादित, पारदर्शी र प्रविधिमैत्री क्रियाशिल बनाएर संघका नियमित रुपमा हुने बैठक सेमिनार गोष्ठी अनि सभा सम्मेलन परिमार्जित गर्दै नीतिगत अस्पष्टतालाई सम्बोधन गराई एकत्रित गतिशील गैर आवासीय नेपाली संघ निर्माणमा केन्द्रित हुने उद्देश्यसहित मेरो उम्मेद्‍वारी रहेको छ।’

सन् २००६ मा गैर आवासीय नेपाली संघ पोर्चुगलको राष्ट्रीय समन्वय परिषद्‍को निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटा सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरेका छन्। सापकोटा सन् २०११-२०१३ सम्म गैर आवासीय नेपाली संघको केन्द्रीय सदस्य सन् २०१५ -२०१७ यूरोपको उपसंयोजक र सन् २०१७ -२०१९ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्य परिषद्‍को सहकोषाध्यक्षमा निर्वाचित भएका थिए। यसैगरी सन् २०१ -२०२१ केन्द्रीय सल्लाहकार भएर संघलाई थप उच्चाई पुर्याउने काममा क्रियासिल सापकोटा हाल संघको प्रवक्ताको जिम्मेवारीमा रहेका छन्।



प्रतिक्रिया दिनुहोस्