काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले आफुलाई असफल र बदनाम बनाउन पार्टीकै नेताहरु लागेको भन्दै गुनासो गरेका छन् ।
आइतबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै महतले पार्टीको नीति विधि र सिद्धान्दमा आँच आउनेगरि आफुले कहिल्यैपनि काम नगरेको प्रष्ट पारेका छन् । उनले एक क्विन्टल सुन बरामद प्रकरणमा आफुलाई मुछिएकोमा आपत्ति जनाए ।
अर्थमन्त्री महतले सुन बरामद प्रकरणमा आफ्नो संलग्नता पुष्टि गराउन चूनौतीसमेत दिए । महतले सुन बरामद प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए एक मिनेटपनि अर्थमन्त्री पदमा नबस्ने घोषणा गरेका छन् ।
अर्थमन्त्री डा महतले भने,‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ ।’ file photo