Logo

मन्त्रिपरिषद् हेरफेरबारे छलफल गर्न माओवादीको आकस्मिक पदाधिकारी बैठक सुरू



काठमाडौं,२८ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पदाधिकारी तथा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु उपस्थित रहेका छन् ।

आजको पदाधिकारी बैठकमा मन्त्रिपरिषद् हेरफेर गर्नेबारेमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल आजै मन्त्रिपरिषद् हेरफेरको तयारीमा रहेका छन् । निकट स्रोतका अनुसार माओवादी केन्द्रका तर्फबाट मन्त्री रहेका सुदन किराती र अमनलाल मोदीलाई फिर्ता बेलाएर उनको ठाउँमा जनमत पार्टीकी अनितादेवी साह र माओवादी केन्द्रकै हितबहादुर तामाङलाई मन्त्री बनाउने तयारी भईरहेको छ ।

पार्टीका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका मोदीको कामप्रति प्रधानमन्त्री प्रचण्ड सन्तुष्ट नरहेको बताईएको छ । पछिल्लो समय मोदी र किरातीले कामभन्दा गफ बढी गर्ने गरेको आरोप लाग्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्