Logo

४५ बुँदामा हेर्नुहोस् मन्त्री हुँदा अमनलाल मोदीले गरेका कार्यप्रगती (पूर्णपाठसहित)



काठमाडौं,२९ साउन । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको बिदाई गरिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एक विशेष कार्यक्रमको आयोजना गरि मोदीको बिदाइ गरिएको हो ।

मन्त्रीबाट बिदा हुँदैगर्दा मोदीले आफ्नो कार्यकालमा गरेका कामहरुको कार्यप्रगतीसमेत सार्वजनिक गरेका छन् ।

मोदीले आफु मन्त्री रहँदा गरेका कामहरु ४५ बुँदामा सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको कार्यप्रगतीमा संघीय सरकारमा रहेका २१ वटै मन्त्रालयको व्यवस्थापन परीक्षण सम्पन्न गरिएको, जिल्ला समन्वय समितिको अनुगमन प्रणली सुरुआत गरिएको, ६८७ जना निजामती कर्मचारीका सन्ततीलाई प्रोत्साहन वृत्ति उपलब्ध गराईएको लगायत रहेका छन् ।

आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मोदीको ठाउँमा आजै जनमत पार्टीकी सांसद अनितादेवी साह मन्त्री नियुक्त भईसकेकी छन् ।

यस्तो छ मोदीले आफ्नो कार्यकालमा गरेको कामको विवरण 

 



प्रतिक्रिया दिनुहोस्