Logo

रोयल इनफिल्डको ‘लेडी राइडर मिट’ सम्पन्न



काठमाडौं, २९ साउन । रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘लेडी राइडर मिट’ कार्यक्रम आयोजन गरेको छ। कार्यक्रममा रोयल इन्फिल्डका महिला राइडरहरूको सहभागीता भएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य श्रावणमा मेहन्दी संस्कृति संरक्षण/प्रवर्धन तथा प्रवर्द्धन गर्नु रहेको रोयल इनफिल्डले जनाएको छ। साउन २६ गते दिउँसो २ बजेदेखि रोयल इनफिल्डको नक्साल शोरूममा सुरु भएको यो कार्यक्रममा महिला राइडरहरूका लागि साउनको सांस्कृतिक महिना मनाउन मेहन्दी कार्यक्रम आयोजना गरिएको थियो।

जहाँ राइडरहरूको इच्छा अनुसार मेहन्दी कला प्रदर्शन गर्न पेशेवर मेहन्दी कलाकार नियुक्त गरिएको कम्पनीको भनाइ छ। मेहन्दी कार्यक्रमपछि महिला राइडरहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। सो क्रममा उनीहरुलाई नयाँ क्लासिक ३५० सीसी र स्क्राम ४११ सीसीको अन रोड अनुभव प्राप्त गर्न टेस्ट राइड गराइएको थियो।

सहभागी महिला राइडरहरुलाई कम्पनीका प्रतिनिधि कल्पना भण्डारी, प्रविना ढुंगाना र अनुज मल्लले स्वागत–सत्कार गरेका थिए।



प्रतिक्रिया दिनुहोस्