Logo

भ्रष्टाचार प्रकरणमा मेरो नाम आएछ भने मलाईपनि हत्कडी लगाएर थुने हुन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार प्रकरणमा आफ्नो नाम आए आफूलाई पनि हत्कडी लगाएर थुन्दा हुने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार प्रकरणमा आफूमात्रै नभइ जो सुकैभएपनि सरकारले नछाडने सोमबार काठमाडौंमा आयोजित बागमती प्रदेश कमिटी बैठकमा बोल्दै उक्त कुरा बताएका हुन्।

उनको भनाइलाई उदृत गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ। खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु।’

यस्तै, प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा परेको कुरा सहि नभएको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्