Logo

सुन आयात खुला नहुँदा तस्करी मौलाए, कर लगाएर सुन आयात खोल्नुपर्छ : सभापति देउवा



काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर लगाएर सुन आयात खोल्नुपर्ने बताएका हुन्।

सोमबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले सुन आयात खुला नहुँदा तस्करी बढेको बताएका हुन्।

उनले भने, ‘कर लगाएर सुन आयात खोल्नुपर्छ। आयात खुला नहुँदा तस्करी मौलाएको छ। यसको दीर्घकालीन समस्या समाधानको लागि आयात खोल्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्