Logo

एमाले सचिवालय बैठकले गर्‍यो प्रदेश अधिवेशनको मिति हेरफेर(सूचीसहित)



काठमाडौं,२९ साउन । नेकपा एमालेले सातै प्रदेशको अधिवेशनको मिति हेरफेर गरेको छ । एमालेको सोमबार बसेको सचिवालयको बैठकले नयाँ मिति टुंग्याएको हो ।

एमालेले लुम्बिनी प्रदेशको अधिवेशन भदौ १६ र १७ गते हुने गर्ने भएको छ।
त्यस्तै मधेश प्रदेशमा असोज ५ र ६ गते, बागमती प्रदेशमा असोज ८ र ९ गते, कर्णाली प्रदेशमा असोज १० र ११ गते र कोशी प्रदेशमा असोज १२ र १३ गते अधिवेशन हुने भएको हो।

त्यस्तै असोज १५ र १६ गते गण्‍डकी प्रदेश,असोज १९ र २० गते उपत्यका विशेष र असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा अधिवेशन गर्न लागेको हो।

एमालेले पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्