काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र प्रधानमन्त्रीलाई आतंककारी भनेपछि सत्तारुढ दल माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको नेतृत्व गरिराख्ननुभएको छ किन डेमोक्रेटिकको नेतृत्व गरिराख्नुभएको छ ? उनले प्रश्न गरेपछि माओवादीले आपत्ति जनाएको हो ।
शर्माले बोलेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाए । उनले शर्मालाई कारबाही गर्न माग गर्दै उक्त शब्द रेकर्डबाट हटाउन माग गरे ।
प्रमुख सचेतक हितराज पाण्डेले भने,‘एउटा माननीयले प्रधानमन्त्रीलाई आतंककारी कसरी भन्न मिल्छ? कसरी सम्भव हुन्छ । यो रेकर्डबाट हटाएर कारबाही गर्नुपर्छ ।’पाण्डेले उक्त अभिव्यक्ति हटाउन माग गरेपनि सभामुख देवराज घिमिरेले खासै चासो भने देखाएनन् ।