Logo

सभामुखले बोल्न नदिएपछि रविको आक्रोश, भने : संसदलाई ‘हाइज्याक’ गरियो



काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद हाइज्याक गरिएको आरोप लगाएका छन्।

सोमबारको प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले बोल्न नदिएको भन्दै उनले संसद हाइज्याक गरिएको आरोप लगाएका हुन्।

उनले आफूले पनि आफ्ना कुरा राख्न पाउने पर्तै भन्दै शान्त ढंगले विरोध गर्दै आएको बताए। उनले भने, ‘प्रमुख प्रतिपक्षी दलपछि अर्को अर्को दलले बोल्थ्यो होला। हामी पनि बोल्थेम होला। खैर बीचमा सत्तापक्षले बोल्यो। त्यसपछि प्रतिपक्षीतिर आइसकेपछि हामीले बोल्न पाउनुपर्थ्यो। तर संसदलाई ‘हाइज्याक’ गरियो’



प्रतिक्रिया दिनुहोस्