Logo

माओवादी छाडेका लामा र नेकपा एस त्यागेका न्यौपाने एमालेको केन्द्रीय सदस्यमा मनोनीत



काठमाडौं,२९ साउन । नेकपा एमालेले दुई जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेको आज बसेको सचिवालय बैठकले पूर्व सांसद छक्कबहादुर लामा र केदार न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

एमालेको केन्द्रीय सदस्यमा मनोनीत हुने न्यौपाने नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष  थिए भने लामा माओवादी केन्द्रका नेता । नेकपा एसबाट बिद्रोहगरि न्यौपाने गत जेठ २१ गते एमाले प्रवेश गरेका थिए ।

प्रतिनिधि सभामा निर्वाचन २०७४ मा मुगुबाट बाम गठवन्धका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका लामा पछि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । तर माओवादी केन्द्र नीति विधि र पद्धतिमा नचलेको भन्दै २०७९ मा एमाले प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्