काठमाडौं, २९ साउन । ब्राजिलका स्टार फुटबलर नेयमार साउदी जाने भएका छन्। त्यसका लागि प्रो लिग क्लब अल हिलालसँग दुई बर्षको सम्झौता गरेका छन्।
अल हिलालले नेयमारका लागि ९० मिलियन युरो तिरेको उल्लेख गरिएको छ। उनी २०२५ को जुन ३० सम्म अल हिलालका लागि खेल्नेछन्।
अल हिलालले नेयमारलाई बार्षिक करिब ८० मिलियन युरो पारिश्रमिक दिने बताइएको छ।
स्रोतका अनुसार नेयमारले अल हिलालका लागि सोमबार मेडिकल परीक्षण गर्ने र साउदी प्रस्थान गर्ने बताइएको छ।
अल हिलालले नेयमारलाई यसै साता आफ्ना फ्यानहरु समक्ष प्रस्तुत गर्ने र अल हिलालमा नेयमारले जर्सी नम्बर १० नै लगाएर खेल्ने भएका छन्।
यस अगाडि पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो गत जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अल-नासरमा आवद्ध भएका थिए।