Logo

उपराष्ट्रपति यादव चीन उडे



काठमाडौं, २९ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन प्रस्थान गरेका छन्।

सोमबार अपरान्ह उपराष्ट्रपति यादव चीनतर्फ उडेका हुन्।

उनीसँगै भ्रमणका उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा रहेका छन्।

उनी चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा विशेष अतिथि रहनेछन्।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमणका लागि चीन गएका यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन्।



प्रतिक्रिया दिनुहोस्