काठमाडौं, ३० साउन । एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ।
आफ्नो १००औँ वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो। यसअन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन्।
साउन २६ देखि भदौ २४ सम्म लागू हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, वीरगंज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुनेछ।
यस अवधिमा ग्राहकहरूले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ।