Logo

पार्टीमा निष्कृय बसेपछि मणि थापालाई एमालेले सोध्यो स्पष्टीकरण



काठमाडौं,३० साउन । नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापालाई स्प्रष्टीकरण सोध्ने निर्णय गरेको छ । एमोलको सोमबार बसेको सचिवालय बैठकले थापालाई स्प्रष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

तर एमोलले भने यसको औपचारिक जानकारी गराएको छैन् । माओवादी केन्द्रको पृष्ठभूमि हुँदै एमाले प्रवेश गरेका थापा हाल पार्टीमा निष्कृय रहेका छन् । एमालेले गत महिना नेता कार्यकर्ताको जिम्मेवारी बाँडफाँड गर्दा बिदामा बसेका थापा अझै पार्टीको काममा फर्किएका छैनन् ।

माओवादी केन्द्र र एमोलबीच एकिकरण भई नेकपा बनेपछि केपी शर्मा ओलीसँग नजिक बनेका थापा सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपाको एकिकरण खारेज गरेर पूर्ववतः अवस्थामा फर्काउने फैसला गरेपछि एमालेमा बसेका थिए ।



प्रतिक्रिया दिनुहोस्