Logo

कर्णाली प्रदेश सभा बैठकमा एमालेले खोज्यो सरकार,बैठक अवरुद्ध



काठमाडौं,३० साउन । कर्णाली प्रदेश सभा बैठक अवरुद्ध भएको छ । मंगलबार बसेको प्रदेश सभाको ३१औं बैठकमा नागरिक उड्डयन प्राधिकारणको निर्णयले कर्णालीका नागरिकले भोग्नु परेको पीडामा सरकार मुकदर्शक बनेको भन्दै बैठक अवरुद्ध गरेको हो ।

नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि जहाज सञ्चालन नगर्ने निर्णय गरेको छ।

प्राधिकरणले विमानस्थल तालिका अर्थात ‘अपरेसन आवर’ का कारणले नागरिकले दुख पाएको एमालेको ठहर छ ।

मंगलबारको बैठकको सुरुआतमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले संसदमा जनताका जनजीविकाका विषय छलफल गर्नुपर्ने भएपनि त्यसतर्फ सरकारले कुनै चासो नदिएको बताए । पछिल्लो समय अविरल वर्षाले प्रदेशभर ठुलो क्षति भै रहेकोे बेला समस्या समाधानका लागि सरकारको ध्यान नभएको उनको आरोप छ ।

‘बाढी पहिरो,डुबान र नागरिक उड्ययन प्राधिकरणका कारण कर्णालीका हिमाली जिल्लाले पीडा भोग्नुपरेको छ । नजजिविकाको सवालमा सरकार गम्भिर भएको देखिएन । सरकारलाई यसरी आफनो जिम्मेवारी पन्छिने छुट छैन । सरकार जवाफदेही नभएसम्म सदन चल्ने सक्ने स्थिति रहेन’ नेता कँडेलले भने । कँडेलले शुक्रबारको बैठकमा विपदमा सरकार कहाँ छ ? भन्दै सरकारको खोजी गरेका थिए ।

कँडेलले आफ्नो दलले उठाएको विषयमा सरकारले ध्यान दिनुपर्ने र जनतालाई बुझिने गरी संसदमा जवाफ दिनुपर्ने बताए। सभामुखले पटक–पटक बस्न आग्रह गर्दा पनि एमालेले अवरोध जारी राखेपछि सभामुख नन्दा गुरुङले साउन ३२ गते दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिन् ।



प्रतिक्रिया दिनुहोस्