Logo

सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र अपरेटर घुससहित अख्तियारको नियन्त्रणमा



काठमाडौं,३१ साउन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय,विष्णुपुरमा कार्यरत लेखापाल टेक नारायण यादव र अपरेटर विरेन्द्र कुमार यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार लेखापाल टेक नारायण यादव ले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुस-रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,इटहरीबाट खटिई गएको टोलीले
टोलीले वीरेन्द्र कुमार यादवको साथबाट २ लाख नगद र लेखापाल टेकनारायणको साथबाट ३ लाख बराबरको चेक बरामद गरेको छ ।

उनीहरुलाई उक्त रकम र तीन लाख रुपैयाँको चेकसहित जिल्ला सप्तरीकै राजविराज नगरपालिका वडा नं.३,त्रिभुवनचोकबाट नियन्त्रणमा लिएको हो । अख्तियारले अहिले दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्