Logo

जीवनभर हात पाखुरा खियाउने श्रमिकहरु रित्तो हात फर्किनुपर्ने बाध्यता छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ३१ साउन । सरकारले अनौपचारिक क्षेत्रका श्रमीक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने कार्य सुरु गरेको छ ।

आज (बुधबार) काठमाडौंको कमलादीमा एक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त कार्यको सुरुवात गरेका हुन् ।

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले श्रमिकहरु जीवनभर हात पाखुरा खियाएर अन्मिममा रित्तो हात फर्कन पर्ने अवस्थाबाट गुज्रिरहेको बताए । समाजवाद उन्मुख व्यवस्थामा श्रमिकको अधिकतम् हित हुन पर्ने उनको भनाई थियो ।

‘जीवनभर हात पाखुरा खियाउने अनि अन्तिममा रित्तो हात घर फर्किनुपर्ने बाध्यता छ। समाजवाद उन्मुख व्यवस्थामा यो हुन सक्दैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्