Logo

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे केपी ओली



काठमाडौं,३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

ओली बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।  प्रतिपक्षी दल नेतासमेत रहेका ओलीबीच बुधबार दिउँसो भेटवार्ता भएको हो ।  राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ।

संसदमा उत्पन्न गतिरोधजस्ता विषयमा राष्ट्रपति र अध्यक्ष ओलीबीच कुराकानी भएको छ।

सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन । file photo 



प्रतिक्रिया दिनुहोस्