काठमाडौं,३१ साउन । नेपाल भ्रमणमा आइपुगेको चिनियाँ सैन्य टोली र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।
बुधबार नेपालका ५ दिने भ्रमणमा आइपुगेको चिनियाँ जनमुक्ति सेनाको तिवेत मिलिटरी कमान्डका मेजर जनरल यु आन्दे नेतृत्वको टोलीले जङ्गी अड्डा पुगेर प्रधान सेनापति शर्मालाई भेटेको हो ।
भेटघाटमा दुई पक्षीय हित र आपसी सहयोगका विषयमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ । ५ दिनसम्म नेपालमा रहने आन्दे नेतृत्वको टोलीले नेपाली सेनाको सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्राहलयलगायत विभिन्न युनिटहरुको स्थलगत भ्रमण गर्ने बताइएको छ ।
चिनियाँ सैनिक अधिकारीको टोलीको स्वगतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सागरबहादुर थापा पुगेका थिए ।