Logo

माइतीघरमा न्याय खोज्दै धर्नामा बसेकामाथि प्रहरीद्धारा ज्याजदी भयो,कारबाही गरः वृहत नागरिक आन्दोलन



काठमाडौं,३२ साउन । धनुषाकी आरती साहको हत्या भएको घटनामा डेढ महिनादेखि न्याय मागेर काठमाडौंको माइतीघरमा धर्नामा बसेका आन्दोलनकारीमाथि प्रहरीले दमन गरेको भन्दै वृहत नागरिक आन्दालन समूहले आपत्ति जनाएको छ ।

वृहत नागरिक आन्दोलनले आज एक विज्ञप्ति जारी गर्दै शान्तिपूणरुपमा धर्नामा बसेका आन्दोलनकारी माथि पुरुष प्रहरीद्धारा दमन भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार जारी विज्ञप्तिमा उल्लेख छ “न्याय खोजिरहेका आरती साहको परिवार र आन्दोलनकारीमाथि प्रहरीबाट जुन किसिमको दमन र ज्यादती भयो, त्यो निन्दनीय छ । आन्दोलनकारी महिलालाई नियन्त्रण गर्न पुरुष प्रहरीद्वारा भएको अशोभनीय कार्यको हामी घोर निन्दा गर्दछौँ,बृहत् नागरिक आन्दोलन आरती साहको परिवारको माग सम्बोधन गर्न र आन्दोलनकारीमाथि ज्यादती गर्ने प्रहरीहरूलाई कारबाही गर्न माग गर्दछ ।”

“न्यायको माग गर्दै धर्नामा बसेका उनीहरू मुद्दाको पेसी सरेको सर्‍यै गर्दा न्याय नपाइने हो कि भन्ने आशंकामा छन्,” विज्ञप्तिमा उल्लेख छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी २२ वर्षीया आरतीको गएको जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो। उनको हत्यामा उनका ससुरा,श्रीमानलगायतका संलग्न भएको भन्दै कारबाहीको मागसहित माइतीपक्ष आन्दोलनरत छन् ।



प्रतिक्रिया दिनुहोस्